PahiloPost

May 16, 2026 | २ जेठ २०८३

फेसन सो भन्दै फोटोग्राफरलाई पोखराबाट मोरङ झिकाउँदै ठगी



पहिलोपोस्ट

फेसन सो भन्दै फोटोग्राफरलाई पोखराबाट मोरङ झिकाउँदै ठगी

काठमाडौं : प्रहरीले विभिन्न बाहनमा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले झपा अर्जुनधारा नगरपालिका वडा नम्बर ६ महानन्द चोक बस्ने २० वर्षीय अनुप ढकाल र सारांश भट्टराईलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका ढकालले पोखरा महानगरपालिका २० मलामका विमल कार्कीलाई विराटनगरमा भब्य फेसन सो भएकाले फोटो खिच्न आवश्यक सामाग्री सहित बोलाएका थिए। उनले पुस २४ गते पेश्की रकम भन्दै ४ हजार रुपैयाँ समेत पठाएका थिए।

फेसन सो मा फोटो खिच्न कार्की पुष २५ गते मोरङको बुढीगंगा गाउँपालिका पुगे। उनका लागि आरएन होटेलमा बस्ने व्यवस्था मिलाइएको थियो। होटेलको कोठा नम्बर ११४ मा उनले आफ्नो सबै सामान राखे। तर खाना खान भने अर्को होटेलमा व्यवस्था मिलाएको भन्दै कार्कीलाई सुनसरीको इटहरीमा पुर्‍याइयो।

उनीहरु खाना खाइरहेको समयमा अनुप भने त्यहाँबाट निस्किए आर एन होटेलमा आएर सामान चोरी गरेर फरार भएको अनुसन्धानमा खुलेको थियो। प्रहरीले चोरी भएको सामान समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell