PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

नेता नेम्वाङको झलनाथ खनाललाई व्यङ्ग्य



पहिलोपोस्ट

नेता नेम्वाङको झलनाथ खनाललाई व्यङ्ग्य

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङले केही समय अघि अर्का नेता झलनाथ खनालले दिएको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन्।

आज काठमाडौंमा आयोजित सत्तारुढ नेकपाको कार्यक्रममा बोल्दै नेम्वाङले व्यङ्ग्य गरेका हुन्। केही समय अघि नेता खनालले धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले नभई इन्जिनियरले बनाएको बताएका थिए।

त्यही प्रसंग उप्काउँदै नेता नेम्वाङले भने, 'अहिलेको सरकारले कोरोनाको खोप नि:शुल्क वितरण गर्ने घोषणा गरेको छ। पछि यो त कहाँ ओलीले गरेको हो, डाक्टरले भन्लान्।'

त्यस्तै, नेता नेम्वाङले चुनावमा यस्तै कुरा लिएर जाँदा झनै अफ्ठेरो पर्ने पनि ठट्यौली गर्दै सुनाए।

'उहाँहरुले बाटो, बिजुली मैले ल्याएको भनेर भनिरहनुभएको छ। पछि प्रतिपक्षले कहाँ तपाईँले? यो त इन्जिनिरले बनाएको भने भने निथ्रुक्क पर्ने होला,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell