काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मान्छे हसाउँने जोकर भन्दै नेताहरुले दिएको अभिव्यक्तिमाथि टिप्पणी गरेका छन्। प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्रीले आफूले राम्रो काम गरेर जनतालाई खुशी पार्दा किन जोकर भन्ने? भन्दै प्रश्न गरे।
'केपी ओलीले मान्छे हसाउँछ। हँसाएर हिँड्छ। के म मान्छे मार्दै, विधवा बनाउँदै हिडौं?,' ओलीले प्रश्न गरेका थिए। आफूले देशका बालबालिका किशोर, बाआमाको अनुहारमा मुस्काउन ल्याएको उनको दावी थियो। सडकमा बालबालिका रहनुहँदैन भनेर काम गरिरहेको समेत उनले बताए।
'रुवाउने पनि एक किसिमले होर?, कसैको घर खोसकेको छ, कसैको गाडी खोसेको छ। मारेर पनि रुवाएको छ। कुटेर पनि रुवाएको छ। अनि मैले हसाएँ भनेर पीर परेको छ,' प्रधानमन्त्री ओलीले भने।
न्यायाधीश भेटेको छैन
प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म संसद विघटनको मुद्दामा रहेका कुनै पनि न्यायाधीशहरुलाई नभेटेको दाबी पनि गरेका छन्। त्यतिमात्र होइन, अहिलेसम्म नै न्यायाधीश नभेटेको र नचिनेको समेत दाबी गरे।
'ती नाम गरेका न्यायाधीशहरुलाई कहिले पनि भेटेको छैन। कहिले पनि भेटेको छैन। यस पटक मात्र होइन कहिले पनि। सपना प्रधान मल्ललाई वकिल हुँदा कार्यक्रममा देखेको थिए।