PahiloPost

Nov 5, 2025 | २० कात्तिक २०८२

चीनविरुद्ध ट्रम्पको अर्को आक्रामक निर्णय, शाओमीको फोनसहित ९ कम्पनी प्रतिबन्ध



पहिलोपोस्ट

चीनविरुद्ध ट्रम्पको अर्को आक्रामक निर्णय, शाओमीको फोनसहित ९ कम्पनी प्रतिबन्ध
Getty Images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरी २० देखि सत्ताबाट बिदा हुँदैछन्। निस्कँदा निस्कँदै चीनविरुद्ध अर्को आक्रमक प्रतिबन्धको निर्णय गरेका छन्।

ट्रम्प प्रशासनले चिनियाँ सरकारी कम्पनी चाइना नेशनल अफ्शोर ओयल र मोबाइल फोन उत्पादक शाओमीलाई कालो सूचिमा राखेको हो। यससँगै अमेरिकासँग चीनबाट हुने आयात रोक्ने अधिकार बढेको छ।  

अमेरिकी वाणिज्य मन्त्रालयलाई देशको सुरक्षामाथि खतरा हुने हरेक देशको आयात रोक्न अधिकार दिइएको थियो। त्यसको केही घण्टामै शाओमीमाथि प्रतिबन्ध लगाउने भएको हो। बीबीसीका अनुसार शाओमी तेस्रो ठूलो स्मार्ट फोन कम्पनी हो।

अमेरिकाले शुक्रवार कुल ९ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकाको यो कदमले दुई देशबीच तनाव बढाउने अनुमान गरिएको छ। यस विषयमाथि चीनको विदेश मन्त्रालयले भनेको छ – अमेरिका आर्थिक एवं व्यापारिका मुद्दालाई राजनीतिकरण गर्दैछ।

'अमेरिका राष्ट्रिय सुरक्षाका नाममा चिनियाँ कम्पनीलाई दबाइ रहेको छ। यो शक्तिको दूरुपयोग हो', जनाइएको छ।

अमेरिकाले बजारमा स्वस्थ प्रतिस्पर्धालाई स्वागत गर्नुपर्ने बताएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell