PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

तालिम दिँदा बाँदर र भालुलेसमेत सिक्ने उदाहारण दिँदै ओलीले प्रचण्डलाई भने : कम्युनिस्ट तालमा हिँडाउन सकिनँ



पहिलोपोस्ट

तालिम दिँदा बाँदर र भालुलेसमेत सिक्ने उदाहारण दिँदै ओलीले प्रचण्डलाई भने : कम्युनिस्ट तालमा हिँडाउन सकिनँ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई फर्किन आग्रह गरेका छन्।

प्रदेश नम्बर १ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल लगायत माधव कुमार नेपाल र अन्य नेताहरुलाई पार्टीमा फर्किन आग्रह गरेका हुन्

'मलाई अझैं पनि आशा छ। उहाँहरुलाई परिस्थितको आँकलन भइसक्यो होला। आउनुहोस् पार्टीमा। तपाईँहरुको अध्यक्ष पद खोसेको छैन। मलाई थाहा छ नि तपाईँहरु अध्यक्ष पदको लागि मरिमेट्ने मान्छे हो। अध्यक्ष पद खोसेको छैन। वरिष्ठ नेताहरुको पद पनि छ,' प्रधानमन्त्री ओलीले भने।

त्यस्तै, ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहलाई पार्टीमा नफर्किए चुनावमा सहभागी हुन समेत आग्रह गरे।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाललाई तीन वर्षसम्म प्रचण्डलाई कम्युनिष्ट तालमा हिँड्न सिकाए पनि नसकेको भन्दै कटाक्ष गरेका थिए।

'मान्छे नै हो। भालुलाई त मान्छे ल्याएर तालिम दिएको छ। बाँधरलाई त तालिम दिएको छ। मान्छे नै हो तालिम दिन सकिन भनेर ल्याएँ। सेनाको तालिम दिन्छ, सेना भइसक्छ। प्रहरीको तालिम दिन्छ प्रहरी भइसक्छ। अलिक समय खेलाएपछि सर्कसमा केटाकेटीहरु सर्कसबाज भइसक्छन्। अलिक समय तालिम दिएपछि खेलाडी भइसक्छन्। यो कम्युनिष्ट तालमा हिँड्न तीन वर्ष तालिम दिएँ। म बजाउँछु डकुर तवेला उ नाच्छ धामीको जस्तो भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell