PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

योगेशलाई 'बैगुनी केटा' भन्दै ओलीले भने : दौडीदौडी भोट मागेर मन्त्री बनाएँ, एक दिन त पुक्क लात्ता हानेर भाग्यो



पहिलोपोस्ट

योगेशलाई 'बैगुनी केटा' भन्दै ओलीले भने : दौडीदौडी भोट मागेर मन्त्री बनाएँ, एक दिन त पुक्क लात्ता हानेर भाग्यो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री योगेश भट्टराईलाई 'बैगुनी केटा' को उपमा दिएका छन्। प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

ओलीको प्रयासमा योगेशले निर्वाचन जितेको उल्लेख गर्दै बैगुनी केटाकेटीको बारेमा आफूलाई कुरा गर्न आवश्यक नरहेको पनि सुनाए।

'म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न। हाम्रै प्रदेशमा पनि त्यस्तै देख्या छ। दौडीदौडीकन गएर भोट मागेर, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउँछु भनेँ, मन्त्री बनाएँ, गरियो गरियो, एक दिन त पुक्क लत्ता हानेर भाग्यो,' सम्बोधनको क्रममा ओलीले भने, 'को भनेर यसो हेर्दा त उही केटो।'

प्रतिनिधिसभाको निर्वाचनमा ओली ताप्लेजुङ पुगी योगेशलाई जिताउन आग्रह गरेका थिए। ओलीले त्यसबेला योगेशलाई मन्त्री बनाएर पठाउने प्रतिवबद्धतासमेत जनाएका थिए। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै योगेशले मन्त्री पदबाट राजीनामा दिएका थिए। यसैबारे प्रधानमन्त्री ओलीले युवाहरुले यस्तो गरेको भन्दै कार्यक्रममा दुखेसो पोखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell