PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कोरोनाका कारण स्थगित भारतको 'इन्टरनेशनल फिल्म फेस्टिभल' सुरु, यस्ता छन् कार्यक्रम



पहिलोपोस्ट

कोरोनाका कारण स्थगित भारतको 'इन्टरनेशनल फिल्म फेस्टिभल' सुरु, यस्ता छन् कार्यक्रम

प्रसिद्ध 'इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डिया' (आइएफएफआइ) को ५१ औं संस्‍करण आजबाट सुरु भएको छ। फेस्टिभल जनवरी २४ सम्म गोवामा हुनेछ। हरेक वर्ष नोभेम्बर २० देखि २८ सम्म हुँदै आएको फेस्टिभल सन् २०२० मा कोरोनाका कारण स्थगित भएको थियो।

आइएफएफआइमा विश्वभरका फिल्म एवं फिल्मकर्मी सहभागी हुने गरेका छन्। यसलाई सूचना तथा प्रसारण मन्त्रालयको समन्वयमा गोवा सरकार र डिरेक्टोरेट अफ फिल्म फेस्टिभल्सले आयोजना गर्दै आएका छन्। सन् २००४ देखि यस फेस्टिभल गोवामै हुँदै आएको थियो। यस पटक भने महामारीका कारण केही कार्यक्रम भर्चुअल र केही भौतिक उपस्थितिबीच भइरहेको छ।

यस पटक आइएफएफआइमा भारतीय फिल्मकर्मी सत्यजीत रेलाई विशेष सम्मान एवं श्रद्धाञ्जली व्यक्त गरिनेछ। उनको एक सयौं जन्मजयन्तीका अवसरमा चारुलता, घरे बैरे, पाथर पञ्चाली, शत्रन्ज कि खिलारी र सोनार केला देखाइन लागेको हो।

फेस्टिभलमा इन्डियन पानोरोमा अन्तर्गत २३ फिचर र २० नन- फिचर फिल्म देखाइनेछ। त्यस्तै बंगलादेशका ४ फिल्मको विशेष प्रदर्शनी हुँदैछ। त्यस्तै इटालियन छायाँकार भिट्टोरियो स्तोरारोलाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' दिइँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell