PahiloPost

Jun 15, 2026 | १ असार २०८३

प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाइनलमा



पहिलोपोस्ट

प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाइनलमा
तस्बिर: राखेप

काठमाडौं: सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराइज १० औ पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। राष्ट्रिय वरीयतामा एक नम्बरमा रहेका सेनाका रत्नजित तामाङ्ग माथि २१-१४, १५-२१, २१-१५ को जित निकाल्दै प्रिन्सले फाइनलमा स्थान बनाएका हुन्।उनको यो रत्नमाथिको लगातार दोश्रो जित हो। लगातार आठ पटकका बिजेता रत्नलाई प्रिन्सले पराजित गरेका हुन्। यस अघि पनि प्रिन्सल् चौतारामा भएको सर्वाधिक रासीको प्रतियोगितामा पनि पराजित गरेका थिए। अब उनले फाइनलमा उपाधिका लागि एपिएफका दिपेश धामीको सामना गर्नेछन्। धामीले सेनाका प्रफुल महर्जनलाई २१-१२, १८-२१, २१-१२ले पराजित गरे।

 

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १२ बरियताको स्पर्धामा जेशिका गुरुङ्ग फाइनल प्रवेश गरिन्। एपीएफकी जेशिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङ्गशल देवी तामाङ्गलाई २१-१३, २१-१५ ले पराजित गर्दै फाइनलमा हालकी राष्ट्रिय च्याम्पियन सेनकी रशिला महर्जनको सामना गर्ने भएकी छिन्। रशिलाले सेनाकै अमिता गिरी माथि २१-६, १८-२१, २१-१२ को जित निकालिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell