PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भन्सार छलेर ल्याइएका मोबाइल नागढुङ्गाबाट बरामद



रासस

भन्सार छलेर ल्याइएका मोबाइल नागढुङ्गाबाट बरामद

काठमाडौं : भन्सार छली ल्याइएका अवस्थामा विभिन्न कम्पनीका २३ थान मोबाइल प्रहरीले आज नागढुङ्गाबाट बरामद गरेको छ। भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारेको हो।

बरामद मोबाइल आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

एटिएम बुथ फुटाउँदै गर्दा पक्राउ

यता काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका-७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौं महानगरपालिका-२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका-७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन्। महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

करणी अभियोगमा पक्राउ

एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका-९ घर भएका ५० वर्षीय सन्तवीर राईलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रवार राति राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell