PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

योगेशले दिए ओलीलाई जवाफ, ‘केटाकेटीकै रगत र पसिनाले ल्याएको व्यवस्थाबाट कुर्सी पाएकाको स्तर थाहा भयो’



योगेशले दिए ओलीलाई जवाफ, ‘केटाकेटीकै रगत र पसिनाले ल्याएको व्यवस्थाबाट कुर्सी पाएकाको स्तर थाहा भयो’

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको 'स्तर थाहा पाउँदा खुशी लागेको' बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार प्रदेश १ कार्यकर्ता भेलामा प्रचण्ड नेपाल समूहमा गएका योगेश भट्टराईलाई ‘बैगुनी केटा’ को संज्ञा दिएका थिए। ताप्लेजुङमा दौडीदौडी निर्वाचनमा योगेशको लागि मत मागेर जिताएको र मन्त्री बनाएको भन्दै ओलीले अहिले उनै 'केटा'ले आफूलाई लात्ती हानेर हिँडेको भन्दै कटाक्ष गरेका थिए। प्रतिनिधिसभा विघटन भएपछि भट्टराईले मन्त्री पदबाट राजीनामा दिएका थिए। ओली क्याबिनेटमा भट्टराईले संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए। 

सम्बन्धित समाचार : योगेशलाई 'बैगुनी केटा' भन्दै ओलीले भने : दौडीदौडी भोट मागेर मन्त्री बनाएँ, एक दिन त पुक्क लात्ता हानेर भाग्यो

ओलीले 'बैगुनी केटा' र आफैले निर्वाचन जिताएको भन्दै सार्वजिनक मञ्चमा नै आलोचना गरेपछि भट्टराईले ट्वीट गर्दै ओलीलाई जवाफ फर्काएका हुन्।

भट्टराईले केटाकेटीहरुको रगत पसिना र मिहेनतको जगमा खडा भएको व्यवस्थाबाट नै ओलीले प्रधामन्त्रीको कुर्सी पाएको बताएका छन्। ओलीले 'केटो' भन्दा आफूलाई दु:ख नलागेको भन्दै भट्टराईले अहिले आएर ओलीको स्तर थाहा पाउँदा भने खुशी लागेको प्रतिक्रिया दिएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell