PahiloPost

Jun 15, 2026 | १ असार २०८३

दश खेलाडीमा सीमित फुलहममाथि चेल्सीको संघर्षपूर्ण जित, लेस्टर सिटी दोस्रो स्थानमा



पहिलोपोस्ट

दश खेलाडीमा सीमित फुलहममाथि चेल्सीको संघर्षपूर्ण जित, लेस्टर सिटी दोस्रो स्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले फुलहममाथि जित निकालेको छ। क्राभेन कटेज स्टेडियममा भएको खेलमा घरेलु टोली फुलहममाथि चेल्सीले १-० को संघर्षपूर्ण जित निकालेको हो।

गोलरहित बराबरीमा रोकिएको पहिलो हाफमै फुलहमका एन्टोनी रोबिन्सन् रेडकार्ड खाँदै बाहिरिएका थिए। उनी ४४ औं मिनेटमा खराब ट्याकल गरेपछि बाहिरिएका थिए।

दोस्रो हाफमा चेल्सीका म्यासन माउन्टले खाता खोले। उनले खेलको ७८ औं मिनेटमा गरेको गोल नै चेल्सीको जितका लागि निर्णायक बन्यो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा लेस्टर सिटीले साउथह्याम्टनमाथि जित निकाल्यो। किंग पावर स्टेडियममा भएको खेलमा घरेलु टोली लेस्टरले साउथह्याम्टनमाथि २-० गोल अन्तरले जित निकालेको हो। लेस्टरको जितमा ३७ औं मिनेटमा जेम्स म्याडिसनले र दोस्रो हाफको अतिरिक्त समयमा हार्बे बार्नेसले गोल गरे।

जितसँगै १८ खेलबाट ३५ अंक जोडेको लेस्टरसिटी तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले १७ खेलमा ३६ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको लिभरपुलको ३३ अंक छ। त्यस्तै चेल्सी १८ खेलबाट २९ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell