PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पीएसजी शीर्ष स्थानमा



पहिलोपोस्ट

पीएसजी शीर्ष स्थानमा

फ्रेन्च लिगवान अन्तर्गत गएरराति भएको खेलमा पीएसजीले एन्जर्समाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेड जिन वोविनमा भएको खेलमा घरेलु टोली एन्जर्सलाई हराउँदै पीएसजी तालिकाको शीर्षस्थानमा उक्लिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लेभिन कुर्जावाले निर्णायक गोल गरेका थिए। उनले ७० औं मिनेटमा गरेको गोल नै पीएसजीको जितका लागि निर्णायक बन्यो।

जितसँगै २० खेलबाट ४२ अंक जोडेको पीएसजी तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको लिओनले १९ खेलबाट ४० अंक जोडेको छ। त्यस्तै लिगमा लगातार दोस्रो हार ब्यहोरेको एन्जर्स २० खेलबाट ३० अंक जोड्दै तालिकाको सातौ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell