PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

प्रधानमन्त्री कपमा आज दुई खेल, मुलपानी र टीयू क्रिकेट मैदानमा खेल हुने



पहिलोपोस्ट

प्रधानमन्त्री कपमा आज दुई खेल, मुलपानी र टीयू क्रिकेट मैदानमा खेल हुने

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगितामा आजबाट दैनिक दुई खेल सुरु हुँदैछन्। आज टियू क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब प्रतियोगितामा आफ्नो सुखद सुरुवातको अपेक्षा सहित प्रतिस्पर्धामा उत्रने छन्। उता मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले उद्घाटन खेलमा विजयी सुरुवात गरेको त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछ। खेल ९ बजे सुरु हुनेछ।

प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह 'ए' त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। समूह 'बी' मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell