PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

नेपाल पुलिस टस हारेर ब्याटिङमा



पहिलोपोस्ट

नेपाल पुलिस टस हारेर ब्याटिङमा
तस्बिर : क्यान

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट आज कीर्तिपुरमा जारी खेलमा नेपाल पुलिस क्लब टस हारेर ब्याटिङमा उत्रिएको छ। प्रतियोगितामा पहिलो खेल खेलिरहेको बाग्मती प्रदेश ज्ञानेन्द्र मल्लको कप्तानीमा छ भने नेपाल पुलिस मञ्जित श्रेष्ठको कप्तानीमा छ।

त्यस्तै मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब टस जितेर ब्याटिङमा उत्रिएको छ। उद्घाटन खेलमा जित निकालेको आर्मीको कप्तानी बिनोद भण्डारीले गरेका छन् भने कर्णालीको कप्तानी रविन्द्र शाहीले गरेका छन्।

प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह 'ए' त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। समूह 'बी' मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell