बेलायतमा २४ घण्टामा १ हजार २ सय ९५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। उक्त संख्या हालसम्मकै तेस्रो सर्वाधिक दैनिक मृत्युदर हो।
यससँगै बेलायतमा मृत्यु हुने संक्रमितको संख्या ८८ हजार ५ सय ९० पुगेको छ। पछिल्लो २८ यता ४१ हजार ३ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ४ हजार २ सय ६२ अस्पतालमा उपचाररत् छन्।
बेलायतको सार्वजनिक स्वास्थ्यकी निर्देशक डाक्टर भोने डोयलेले भनेका छन्,'संक्रमण र मृत्युदर निरन्तर बढ्नु हाम्रा लागि चेतावनीको हो। हामीले आफ्ना साथी र परिवारलाई जोगाउन स-साना विषयमा ध्यान दिनुपर्छ।'
उनले भौतिक दूरी कम गर्न, नियमित हात धुन र मास्क लगाउन आग्रह गरेकी छिन्।
कुल ३७ हजार ४ सय ७५ संक्रमितको उपचार जारी छ। बीबीसीका अनुसार ३ लाख २४ हजार २ सय ३३ जनाले कोभिड-१९ विरुद्ध भ्याक्सिन लगाएका छन्।
