PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अफ्गानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशहरुको हत्या



पहिलोपोस्ट

अफ्गानिस्तानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशहरुको हत्या
Photo: Jalil Rezayee/EPA

बन्दुकधारीहरुले अफ्गानिस्तानको काबुलस्थित सर्वोच्च अदालतका दुई महिला न्यायाधीशहरुको हत्या गरेका छन्। आइतवार बिहान आफ्नो कार्यालय जाने क्रममा उनीहरुको हत्या भएको द गार्डियनले उल्लेख गरेको छ

अधिकारीहरुको हत्याको लहर बढ्दै जाने क्रममा सो घटना भएको हो। अदालतका प्रवक्ता अहमद फहिम कवीमका अनुसार अदालतको गाडीमा कार्यालय जाने क्रममा सो आक्रमण भएको थियो।

‘दुर्भाग्यवश् आजको आक्रमणमा हामीले दुई महिला न्यायाधीशलाई गुमायौँ। उनीहरुका चालक घाइते भएका छन्,’ कवीमले भने, ‘उनीहरु गाडीमार्फत कार्यालय जाँदै थिए।’

प्रवक्ताका अनुसार उनीहरु अदालतमा कार्यरत २०० भन्दा बढी महिला न्यायाधीशमध्येका हुन्।

काबुल प्रहरीले पनि आक्रमणको पुष्टि गरेको छ। ‘उनीहरु सर्वोच्च अदालतका न्यायाधीश थिए,’ महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता जम्शिद रसुलीले भने।

पछिल्लो केही महिना देखि अफ्गानिस्तानमा हत्या हिंशा चर्किएको छ। विशेष गरी काबुलमा ‘हाई प्रोफाइल’ व्यक्तिहरुको हत्या गर्ने ट्रेण्ड चल्दा जनतामा डर पैदा भएको छ।

पछिल्लो आक्रमण पेण्टागनले अफ्गानिस्तानमा सैनिकको संख्या २ हजार ५ सयमा झारेको बताएको दुई दिनपछि भएको हो। सो संख्या दुई दशकको युद्धपछिको सबैभन्दा कम हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell