PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

धरौटीमा रिहा हुने कमेडियनहरूको माग, मध्य प्रदेश उच्च अदालतले गर्‍यो अस्वीकार



पहिलोपोस्ट

धरौटीमा रिहा हुने कमेडियनहरूको माग, मध्य प्रदेश उच्च अदालतले गर्‍यो अस्वीकार

जनवरी पहिलो साता इन्दौर प्रहरीले हिन्दु देवी-देउताको अपमान गरेको आरोपमा पाँच जना कमेडियन पक्राउ गर्‍यो। ती पाँचमध्ये एक हुन् मुनव्वर फारुकी। उनीहरूलाई जमानत दिन इन्दौर जिल्ला अदालतले अस्वीकार गर्‍यो।

हिन्दु देउतासँगै केन्द्रीय गृहमन्त्री अमित शाहविरुद्ध अभद्र टिप्पणी गरेको आरोप उनीहरूविरुद्ध छ। पक्राउ परेको दुई साता पुग्दा मध्य प्रदेश उच्च अदालतले पनि जमानत माग अस्वीकार गरेको छ। कारण देखायो – प्रहरीले घटनाको अभिलेखिकरण नगर्नु।

मुनव्वर फारुकीका वकिल अंशुमान श्रीवास्तवले यो घटनाक्रमलाई प्रहरीले फारुकीलाई दु:ख दिन घटाएको आरोप लगाए। एनडीटीभीका अनुसार उनीलगायत पक्राउ परेका सबैको जमानत याचिका अब अर्को हप्ता सुनुवाई हुनेछ।

उनीहरूविरुद्ध हिन्दुवादी नेता तथा भारतीय जनता पार्टीका सांसद एकलव्य लक्ष्मण सिंहले उजुरी दिएका हुन्।

जनवरी १ मा इन्दौरको एक क्याफेमा आयोजित शोमा कमेडियन मुनव्वर फारुकीसहित एडविनसहित एन्थनी, प्रखर व्यास, प्रियम व्यास र नलिन यादवले हिन्दु धर्मविरुद्ध प्रहसन दिएको आरोप थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell