PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

अत्यधिक चिसो बढेपछि वीरगंजका सबै विद्यालय तीन दिनका लागि बन्द



पहिलोपोस्ट

अत्यधिक चिसो बढेपछि वीरगंजका सबै विद्यालय तीन दिनका लागि बन्द
फाइल फोटो।

वीरगंज : आइतवारदेखि वीरगंजका सबै विद्यालय तीन दिनसम्म बन्द भएका छन्। वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले सरकारी र निजी सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ।

तराईमा बढेको अत्यधिक चिसोको कारण पठनपाठनमा असर पर्ने भएकोले शिक्षक संगठन तथा निजी विद्यालय संगठनको सहमतिमा विद्यालय बन्द गर्ने निर्णय भएको वीरगंज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए।

नेपाल शिक्षक महासंघ वीरगंज नगर अध्यक्ष विनोदकुमार मेहता र निजी तथा अवासिय विद्यालय संघ (प्याब्सन) वीरगंजका अध्यक्ष आलोककुमार चौरसियाले विद्यालय बन्द गर्न महानगरमा अपिल गरेका थिए।

प्रतिकुल मौसममा विद्यालय सञ्चालन गर्दा सबै विद्यार्थीलाई आउन र पठनपाठनमा समस्या हुने भएकोले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको बताइएको छ। तीन दिन यता वीरगंजको तापक्रम २० डिग्री सेल्सियस भन्दा तल झरेकोले विद्यालय बन्द गर्ने निर्णय भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell