PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कर्णालीलाई हराउँदै प्रधानमन्त्री कपमा आर्मीको दोस्रो जित



पहिलोपोस्ट

कर्णालीलाई हराउँदै प्रधानमन्त्री कपमा आर्मीको दोस्रो जित

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ८० रनको फराकिलो जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो। जसका लागि अनिल मण्डलले सर्वाधिक ८९ रन बनाउँदा कप्तान बिनोद भण्डारीले ४१ रन बनाए। त्यस्तै राजेश पुलामीले १६ र लोकेश बमले १३ रन जोडे।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारी, राज शाह, दिवन पुनले समान २/२ विकेट लिँदा अनुज चुनारा, युनिस सिंह र रबिन्द्र शाहीले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णाली ११५ रनमा समेटियो। कर्णालीका लागि कप्तान रबिन्द्र शाहीले ३० रन बनाउँदा हेमन्त ओलीले १६ रन तथा दिनेश अधिकारीले १२ रन जोडे। त्यसबाहेकका ब्याट्समेनले दोहोरो अंकको रन जोड्न सकेनन्।

कर्णालीलाई सस्तैमा समेट्न शुसन भारीले सर्वाधिक ४ विकेट लिए। त्यस्तै शहाब आलमले ३, रोहित पौडेलले २ र हरि चौहानले १ विकेट लिए।

जितसँगै लगातार दोस्रो जित निकालेको त्रिभुवन आर्मी क्लब ४ अंकसहित समूह ए को शीर्षस्थानमा पुगेको छ। उद्घाटन खेलमा आर्मीले गण्डकीमाथि जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell