PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युगान्‍डा निर्वाचनमा हारेका पप स्टार सेनाको घेराबन्दीमा, चुनावमा धाँधलीको आरोप



पहिलोपोस्ट

युगान्‍डा निर्वाचनमा हारेका पप स्टार सेनाको घेराबन्दीमा, चुनावमा धाँधलीको आरोप
Getty Images

युगान्डामा भएको आम निर्वाचनमा राष्ट्रपति योवेरी मुसेवेनी पुन: निर्वाचित भएका छन्। ३५ वर्षयता उनको यो छैटौं कार्यकाल हो। राष्ट्रपति पदका लागि उनीसँगै अन्य १० जनले उम्मेद्वारी दिएका थिए। जसमध्ये एक हुन् पप स्‍टार रोबर्ट क्यगुल्यानी सेसेन्टामु। राजनीतिमा उनी बोबी वाइनका रुपमा परिचित छन्।

बोबी वाइनलाई मुसेवेनीको निकटम प्रतिद्वन्द्वी मानिएको थियो। युगान्डाको इलेक्टोरल कमिसनका अनुसार कूल मतको ५९ प्रतिशत मुसेवेनीको पक्षमा थियो भने ३५ प्रतिशत बोबीको। जित लगत्तै राष्ट्रपतिले यस पटक 'धाधलीरहित निर्वाचन' सम्पन्न भएको घोषणा गरे। भलै वाइनको विरोधमा उनले केही समयअघि देखि वक्तव्यवाजी गर्दै आएका थिए।

उनले बोबीलाई 'विदेशी दलाल', युगान्डाको स्वतन्त्रता र स्थिरता भङ्ग गर्न चाहने व्यक्तिको रुपमा आरोप लगाएका थिए। राष्ट्रपतिले चुनाव प्रचारका क्रममा भनेका थिए,'बोबीलाई युवाहरूलाई हिंसामा होमिन प्रेरित गरेको छ।'

गत नोभेम्बरमा बोबीको पक्षमा प्रदर्शन भएको थियो। त्यसलाई त्यहाँका सुरक्षाकर्मीले रोक लगाउन खोजेका थिए। प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप भयो त्यही क्रममा। वासिङटन पोस्टका अनुसार त्यहाँ ३७ जनाको निधन भयो। लगत्तै बोबीलाई पक्राउ समेत गरियो।

चुनावको ठीक अघिल्लो दिनदेखि युगान्डामा इन्टरनेट सेवा अवरुद्ध गरियो। त्यसपछि बोबीले मतदान प्रक्रियामा धाँधली आरोप लगाएका थिए। इन्टरनेट सेवा पुनर्स्थापना हुने बित्तिकै धाँधलीविरुद्ध प्रमाण जुटाउने उनले बताएका छन्। तर, उनले ट्वीटरमार्फत् निरन्तर दिइरहेको जानकारी अनुसार पछिल्लो ४ दिन यता उनको घर सेनाको घेराबन्‍दीमा राखिएको छ।

लेखेका छन् : हाम्रो परिवार सेनाको घेराबन्दीमा छ। घरभित्र खानेकुरा सक्किएको छ। हिजो मेरी श्रीमती तरकारीका लागि बगैंचामा पुग्दा सेनाले रोके र दुर्व्यवहार गरे।

It’s now four days since the military surrounded our home and placed my wife and I under house arrest. We have run out of food supplies and when my wife tried to pick food from the garden yesterday, she was blocked and assaulted by the soldiers staged in our compound. (ADMIN) pic.twitter.com/MLEtSbyCcW

— BOBI WINE (@HEBobiwine) January 17, 2021

उनलाई सरकारले यसअघि पनि पटकपटक गिरफ्तार गरेको छ। उनले मुसेवेनीविरुद्ध 'तानाशाह'लाई हटाउने अभियान समेत सुरु गरेका थिए।

सन् २००० मा पूर्वी अफ्रिकन सुपरस्टार बनेका बोबीले पहिलो पटक सन् २०१७ मा संसदको सिट जितेका थिए। उनलाई 'यहूदी बस्तीको अध्यक्ष' पनि भनिन्छ।

आफूले संगीतमार्फत् धेरै कुरा भन्न चाहेको बताउने उनी ३९ वर्षका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell