A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a8229d73ee451.23743764): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a8229d73ee451.23743764,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको प्रश्न : सरकारले कर्मचारी सरुवा गर्दा तपाईँहरु किन बोल्नुभएन?
PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको प्रश्न : सरकारले कर्मचारी सरुवा गर्दा तपाईँहरु किन बोल्नुभएन?



पहिलोपोस्ट

निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको प्रश्न : सरकारले कर्मचारी सरुवा गर्दा तपाईँहरु किन बोल्नुभएन?

काठमाडौं : निर्वाचन आयोगले सरकारले तोकेको बैशाख १७ र २७ गतेको प्रतिनिधि सभाको निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ।

आइतवार निर्वाचन आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगले गरिरहेको आन्तरिक तयारीको सम्बन्धमा छलफल गरेको हो।

छलफलमा आयोगले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको बारेमा नेताहरुलाई जानकारी गराई राय, परामर्श लिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलको तर्फबाट आम नागरिकलाई सुसूचित गराईदिन पनि आग्रह गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले निर्वाचन आयोगले भनेजस्तो निर्वाचन तयारीमा आफूहरु नलाग्ने बताए। सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन आफूहरुले निर्वाचन आयोगमा आग्रह पनि गरेको उल्लेख गर्दै उनले वैशाखमा निर्वाचन आयोगले निर्वाचन गर्न नसक्ने बताए।

‘सरकारले आयोगमा आफू अनुकूल नभएका कर्मचारीहरु सरुवा गर्दा तपाईँहरु किन बोल्नुभएन भन्ने प्रश्न गर्‍यो’, उनले भने, ‘यस्तोमा तपाईँहरुले कसरी निष्पक्ष चुनाव गर्नुहुन्छ भनेर सोध्यौँ।’

 

नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले निर्वाचन आयोगको तयारीको पक्षमा आफूहरु रहेको बताए। निर्वाचन आयोगले कुनैपनि समय निर्वाचन गराउन तयार रहनुपर्ने भन्दै उनले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरे त्यसलाई स्वीकार गर्ने तथा निर्वाचन भए निर्वाचनमा जानको लागि नेपाली कांग्रेस तयार रहेको उनको भनाइ छ।

 

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell