PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

निर्मल दाहालको नयाँ गीत 'अचेल मायाको…' सार्वजनिक



पहिलोपोस्ट

निर्मल दाहालको नयाँ गीत 'अचेल मायाको…' सार्वजनिक

काठमाडौं : गायक निर्मल दाहालको नयाँ गीत सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो।

गीतमा रङ्गकर्मी सन्दिप डंगोलको शब्द तथा संगीत रहेको छ। गीतमा गायक नबिन के भट्टराईले संगीत संयोजन गरेका छन्।

मन्दिप बखुंचेले निर्देशन गरेको भिडियोमा निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेत फिचर्ड छन्। राजिव थापा र मिलन तामाङले खिचेको उक्त भिडियोलाई रितेशजंग क्षेत्री र विशाल लामाले सम्पादन गरेका हुन्।

गीतलाई स्पोटिफाइलगायत स्ट्रिमिङ प्ल्याटफर्महरूमार्फत् पनि सुन्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell