PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिमाथि प्रधानमन्त्रीले उठाएको प्रश्नमा प्रधानन्यायाधीश राणाले दिए यस्तो जवाफ



पहिलोपोस्ट

पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिमाथि प्रधानमन्त्रीले उठाएको प्रश्नमा प्रधानन्यायाधीश राणाले दिए यस्तो जवाफ
फाइल फोटो।

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बाहिर उठेका प्रश्न इजलासको सरोकारको विषय नभएको बताएका छन्।

संसद विघटनविरुद्ध निवेदकले संवैधानिक इजलासमा बहस गरिरहेका बेला प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले बाहिरको कुरामा इजलासको सरोकार नहुने जवाफ दिएका हुन्।

निवेदकका तर्फबाट अधिवक्ता सुनिल पोखरेलले बहस गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि दबाबपूर्ण अभिव्यक्ति र पूर्व प्रधानन्यायाधीशले नागरिकका हैसियतले बोलेको कुरामा झाको झार्ने काम गरे भनेर प्रश्न उठाएका थिए।

त्यसको जवाफमा प्रधानन्यायाधीशले भने, ‘बाहिर कसले के भन्यो हाम्रो सरोकारको कुरा होइन। कानुनमा छैन। हाम्रो माइन्डमा छैन। हार्टमा पनि छैन। इजलासभित्रको विषयमा जे छ त्यो हाम्रो सरोकार हो।’

संसद विघटनपछि चार जना पूर्व प्रधानन्यायाधीश शुशीला कार्की, कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी र अनुपराज शर्माले संयुक्त विज्ञप्ति जारी गरेर आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको र यो असंवैधानिक भएको बताएका थिए।

यो धारणापछि प्रधानमन्त्री ओलीले पूर्वन्यायामूर्तिले अदालतलाई प्रभावमा पार्न खोजेको टिप्पणी गर्दै आफ्नो पालमा कस्तो न्याय दिए होलान भनी प्रश्न गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell