PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

थप २६६ जनामा कोभिड-१९ को संक्रमण पाँच जनाको मृत्यु



पहिलोपोस्ट

थप २६६ जनामा कोभिड-१९ को संक्रमण पाँच जनाको मृत्यु

काठमाडौं : नेपालमा थप दुई सय ६६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६७ हजार तीन सय २२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप पाँच जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय ५९ पुगेको छ।

हालसम्म नेपालमा संक्रमित मध्ये दुई लाख ६१ हजार चार सय ४४ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा चार सय जना संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा तीन हजार नौ सय १९ जना सक्रिय संक्रमित रहेको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell