काठमाडौं: योनेक्स सनराइज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगिताको उपाधि सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ्गले उचालेका छन्।
शीर्ष वरीयताका रत्नजितलाई सेमिफाइनलमा पराजित गरेका प्रिन्सले शीर्ष १६ पुरुष एकलको फाइनलमा एपीएफका दिपेश धामीमाथी २१/१८, २१/१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ इतिहास बनाएका छन्।
महिला तर्फ शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपीएफकी जेशिका गुरुङ्गले उपाधि जितिन्। उनले १८/२१, २१/१५, २२/२० का साथ उपाधि जितेकी हुन्। जेशिकाको यो पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधी हो। यस अघि इटहरीमा भएको सातौ पुष्पलाल स्मृतीमा पनि जेशिकाले उपाधि उचालेकी थिइन्।
