PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

एकता अभियानमा राख्न श्रीमतीबाट धम्की आएको वामदेवको दावी, लिंगबारे सोध्दा आयो बाडुल्की



पहिलोपोस्ट

एकता अभियानमा राख्न श्रीमतीबाट धम्की आएको वामदेवको दावी, लिंगबारे सोध्दा आयो बाडुल्की
फाइल फोटो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक रहेका वामदेव गौतमले आफ्नो अभियानमा राख्न श्रीमतीले दबाब दिएको दावी गरेका छन्। आइतवार साँझ हिमालय टिभीको ‘यक्ष प्रश्न’ कार्यक्रममा राजेन्द्र बानियाँसँग कुराकानी गर्दै गौतमले यस्तो बताएका हुन्।

सांसदसमेत रहेको गौतमकी श्रीमती तुलसी थापा प्रधानमन्त्री केपी ओली पक्षकै केन्द्रीय सदस्य भएकोबारेको प्रश्नमा गौतमले यस्तो जवाफ दिएका हुन्। खुसी राजीले आफ्नो अभियानमा थापाको साथ रहेको उनको भनाइ थियो।

गौतमले भने, ‘तुलसी थापा मसँगै मेरो अभियानमा केन्द्रीय सदस्य हुनुहुन्छ। खुसी राजीले। मलाई नराख्ने हो भने घरभित्र चाहिँ आयो भने खान चाहिँ हेर्नुपर्छ है? भनेर भनिसक्नुभयो।’

कुनै बेला नेकपा एमालेलाई लिंग के हो भनी प्रश्न सोध्थे, अहिले मान्छेले वामदेवको लिंग के हो भने भने के जवाफ दिने भनी बानियाँले सोधेका थिए। उक्त प्रश्न सोध्नसाथ वामदेवलाई बाडुल्की चलेको थियो। उत्तर दिने क्रममा उनले आफूले अहिलेसम्म लिंग परिवर्तन नगरेको र आफ्ना श्रीमती र छोराछोरी भएको बताए।

उनले भने, ‘वामदेवको लिंग, (बाडुल्की) मेरो एउटा श्रीमती छ। मेरो एउटा छोरा छ। मेरा दुईटी छोरी छन्। मेरो लिंग त्यहीबाट पत्याउनुपयो। त्यो भन्दा अर्को लिंग परिवर्तन गरेको छैन। अर्को लिंग धारण गरेको छैन। राजनीतिमा स्पष्ट क्लियर कट अगाडि हिँड्ने हुँ।’

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालमा एकता गर्ने क्षमता र राष्ट्र हाँक्ने क्षमता नदेखेकाले आफू अर्कै बाटोमा लागेको उनको भनाइ थियो।

‘मैले दुवै नेतामा एकता गर्ने क्षमता पनि देखिनँ, राष्ट्र हाँक्ने क्षमता पनि देखिनँ। दुईटैलाई एकता गर्ने बाटोतिर म लागेँ,’ वामदेवले भने।

पार्टी एकदिन एकीकरण भइछाड्ने दावी समेत उनले अन्तर्वार्ताको क्रममा ठोकुवा गरे, ‘एकीकरण नगरी छाड्दिनँ। एकीकरण हुन्छ हुन्छ।’

उनले गण्डकी प्रदेशका प्रदेश सांसद दीपक मनाङे आफ्नो पक्षमा नभएको स्पष्ट पारे। त्यसैगरी उनले आफ्नै कारणले अहिलेसम्म एकता टिकेको दावी समेत गरे। आफूले अहिलेसम्म नथामेको भएर ९ महिना अघि नै पार्टी फुटिसक्ने उनको भनाइ थियो। गौतमले पार्टी एकीकरणका लागि अध्यक्ष ओलीसँग आफूले अध्यक्ष मागेकोसमेत उल्लेख गरे।

‘म अध्यक्ष भए पार्टी एक ढिक्का हुन्थ्यो, तर केपीले मानेनन्,’ गौतमले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell