PahiloPost

Jun 15, 2026 | १ असार २०८३

दुई पटकको अग्रता जोगाउन नसक्दा फाइनलमा हार्‍यो बार्सिलोना, मेस्सीलाई रेड कार्ड



पहिलोपोस्ट

दुई पटकको अग्रता जोगाउन नसक्दा फाइनलमा हार्‍यो बार्सिलोना, मेस्सीलाई रेड कार्ड

स्पेनिस सुपर कप अन्तर्गत गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई हराउँदै एथ्लेटिक बिल्बाओले उपाधि जितेको छ। बलियो बार्सिलोनालाई ३-२ गोलअन्तरले हराउँदै बिल्बाओले उपाधि जितेको हो।

बार्सिलोनाले खेलमा दुई पटक अग्रता बनाएर पनि जोगाउन सकेन। खेलको ४० औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले अग्रता बनायो। तर् त्यस्को दुई मिनेटमै बिल्बाओका ओस्कार डी मार्कोसले गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफमा खेल १-१ गोलको बराबरीमा रोकियो।

दोस्रो हाफमा फेरि ग्रिजमनले नै गोल थपे। उनले खेलको ७७ औं मिनेटमा गोल गरेका थिए। तर ९० औं मिनेटमा बिल्बाओका एसिर भिल्लालिब्रेले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा ल्याएपछि खेल लम्बिएको थियो। ९३ औं मिनेटमा इनकी विलियम्सले लागि गोल गरे जुन बिल्बाओलाई सुपर कप उपाधि उचाल्नका लागि निर्णायक बन्यो। १९८५ पछि बिल्बाओले पहिलो पटक उपाधि उचालेको हो।

मेस्सी लाई रेड कार्ड

उक्त खेलमा लियोनल मेस्सी रेड कार्ड खाँदै बाहिरिएका थिए। खेलको अतिरिक्त समयमा मेस्सीले फउल गरेको भिएआरबाट देखिएपछि रेफ्रीले उनलाई रेडकार्ड दिएका थिए। बार्सिलोनाबाट ७५३ औं खेलमा उनको यो पहिलो रेड कार्ड हो। यसअघि उनले अर्जेन्टिनाका लागि खेल्दा रेडकार्ड ब्यहोरेका थिए। सन् २००५ मा हंगेरी बिरुद्ध खेल्दा र सन् २०१९ मा कोपा अमेरिकामा चिली बिरुद्ध खेल्दा उनले रेडकार्ड पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell