PahiloPost

Jun 15, 2026 | १ असार २०८३

बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड, टोटेनहमको सानदार जित



पहिलोपोस्ट

बराबरीमा रोकिए लिभरपुल र म्यानचेस्टर युनाइटेड, टोटेनहमको सानदार जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको होडमा रहेका लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा भएको खेलमा घरेलु टोली लिभरपुल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहम हट्सपरले सेफिल्ड युनाइटेडमाथि सानदार जित निकाल्यो। ब्रामल लेनमा भएको खेलमा टोटेनहमले घरेलु टोली सेफिल्डमाथि ३-१ गोल अन्तरले जित निकालेको हो।

खेलको पाँचौ मिनेटमै सन ह्युङमिनको पासमा सर्ज औरियरले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ४० औ मिनेटमा ह्यारी केनले गोल गर्दा पहिलो हाफमा टोटेनहम दुई गोलले अघि रह्यो।

दोस्रो हाफमा घरेलु टोलीका डेभिड म्याक गोल्ड्रिकले गोल गर्दै सेफिल्डलाई खेलमा फर्काउन चाहे। उनले ५९ औं मिनेटमा गोल गरेका थिए। त्यस्को तीन मिनेट मै टोटेनहमका टान्गे एनडोम्बेलेले गोल थप्दै टोटेनहमको जित सुनिश्चित गरे।

जितसँगै १८ खेलबाट ३३ अंङ्क जोडेको टोटेनहम तालिकाको पाँचौ स्थानमा छ। त्यस्तै अंकबाँडेको म्यानचेस्टर युनाइटेड १८ खेलबाट ३७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ३४ अंक जोडेको लिभरपुल चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell