PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

बायर्नले फ्रेइबर्गलाई हरायो, लेवान्डोस्कीको कीर्तिमान



पहिलोपोस्ट

बायर्नले फ्रेइबर्गलाई हरायो, लेवान्डोस्कीको कीर्तिमान

जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले फ्रेइबर्गमाथि जित निकालेको छ। एलिनाज एरेनामा भएको खेलमा घरेलु टोली बायर्नले २-१ गो अन्तरले जित निकालेको हो।

बार्यनको जितमा रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे। खेलको ७ औं मिनेटमै लेवान्डोस्कीले मुलरको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। उनको गोलमा बायर्न पहिलो हाफमा एक गोलले अघि रह्यो।

दोस्रो हाफमा फ्रेइबर्गका निल्स पिटरसनले गोल गर्दे टिमलाई खेलमा फर्काउन चाहे। उनले खेलको ६२ औं मिनेटमा गोल गरेका थिए। तर ७४ औं मिनेटमा बायर्नका मुलरले गोल गरे। जुन बायर्नको जितका लागि निर्णायक बन्यो।

फ्रेइबर्गमाथि गोल गरेका लेवान्डोस्कीले कीर्तिमान पनि बनाए। उनी बुण्डेसलिगामा सुरुवाती १६ खेलमा २१ गोल गर्ने पहिलो खेलाडी बने। यसअघि पनि सुरुवाती पाँच खेलबाट १० गोल गर्ने खेलाडीको कीर्तिमान उनले बनाएका थिए।

जितसँगै बायर्न म्युनिख अंकतालिकाको शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको बायर्नले १६ खेलबाट ३६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको आरबी लाइपजिगको समान १६ खेलबाट ३२ अंक छ। उता बायर्नसँग पराजय ब्यहोरेको फ्रेइबर्ग भने १६ खेलबाट २३ अंक जोड्दै तालिकाको नवौ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell