काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज जारी समूह ‘ए’ को खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई १०३ रनको सामान्य लक्ष्य लक्ष्य प्रस्तु गरेको छ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ लाई धराशायी बनाउन गण्डकीका सुवास भण्डारी र विशाल पौडेलले समान ४/४ विकेट लिए। पौडेलले २७.२ मा राजन मगर, २७.३ मा मनोज तामाङ र २७.४ ओभरमा हेमन्त राईको विकेट लिँदै ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै कसिलो ब्याटिङ गरेका भण्डारीले पनि ७ ओभर बलिङ गरेर मात्र १८ रन दिएर ४ विकेट लिए।
ब्याटिङतर्फ प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रन बनाउँदा मिनस थापाले २२ रन जोडे। त्यस्तै शुभाङर उराउओले १२, दीपक पासवानले ११ र दीपेश कणेलले १० रन जोडे।
गण्डकी प्रदेश केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
