PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कारागारमै बिते 'पप संगीत स्टार' फिल स्पेक्टर



पहिलोपोस्ट

कारागारमै बिते 'पप संगीत स्टार' फिल स्पेक्टर

अमेरिकी पप संगीतको क्षेत्रमा नयाँ आयाम ल्याउने फिल स्पेक्टरको निधन भएको छ। ८१ वर्षीय उनी कारागारमा हत्याको सजाय काटिरहेका थिए।

स्पेक्टरको मृत्युको खबर क्यालिफोर्निया सुधार र पुनर्वास विभागले पुष्टि गरेको हो। बीबीसीका अनुसार गत शनिवार क्यार्लिफोनिया हेल्थ केयर फ्यासिलिटी बाहिर निधन भएको हो।

उनले विकास गरेको रेकर्डिङ शैली 'वाल अफ साउन्ड' चर्चित छ। उनले सन् १९६१ देखि १९६५ को बिचमा करिव ४० वटा चर्चित गीत निर्माण गरेका छन्। उनको कलात्मक चेतबाट बिच ब्वाइज, ब्रुस स्प्रिङ्स्टिनलगायत प्रभावित थिए। करियरले उचाई लिँदै गर्दा स्पेक्टर नशा र मादक पदार्थको कुलतमा फसे।  सन् १९८० सम्ममा त उनी संगीत क्षेत्रबाट सन्यास लिने स्थितिमा पुगे।

सन् २००९ मा उनी हलिउड अभिनेत्री लाना क्लार्कसनको हत्या अभियोगमा दोषी प्रमाणित भएका थिए। क्लार्कसनको २००३ मा हत्या भएको थियो। लाना अल्हाम्ब्रास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन्। उनको टाउकोमा गोली लागेको थियो। फिल्म बार्बरियन क्वीनबाट चर्चामा आएकी उनलाई त्यसदिन स्पेक्टरले भेटेका थिए।

घटनाबारे स्पेक्टरले प्रतिवाद गर्दै आएका थिए। तर, चार महिलाले दिएको बयानपछि उनले लानालाई मार्ने धम्की दिएको पुष्टि भएको थियो। त्यसपछि उनलाई सेकेन्ड डिग्री मर्डरको अभियोगमा १९ वर्ष लामो सजाय दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell