काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा वागमतीले ३०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको वागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९९ रन बनाएको हो।
वागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ८४ रन बनाउँदा आदिल खानले ६३ रन बनाए। त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र बिपिन आचार्यले समान ३२ रन जोड्दा पारस खड्काले २० रन जोडे।

बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले सर्वाधिक ३ विकेट लिँदा भोजराज भट्ट र सन्तोष भट्टले समान २/२ विकेट लिए। त्यस्तै बिनोद लामा १ विकेट लिए।
सुदूरपश्चिम केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।
