PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

नेपालमा पनि देखियो कोभिड-१९ को 'लन्डन स्ट्रेन' बेलायतबाट फर्किएका ६ संक्रमित मध्ये तीन जनामा नयाँ संक्रमण



पहिलोपोस्ट

नेपालमा पनि देखियो कोभिड-१९ को 'लन्डन स्ट्रेन' बेलायतबाट फर्किएका ६ संक्रमित मध्ये तीन जनामा नयाँ संक्रमण

काठमाडौः बेलायतबाट फर्किएका मध्ये तीन जनामा कोभिड-१९ को नयाँ स्ट्रेन देखिएको छ। वेलायतमा संक्रमितहरुमा देखिएको कोभिड-१९ भाइरसको नयाँ स्ट्रेन वेलायतबाट नेपाल फर्किएका तीन जनामा देखिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिन बेलायतबाट फर्किएका नेपालीको परीक्षण गरी भाइरसको जिन सेक्वेन्सिङ गरेको थियो। जसमध्ये संक्रमण पुष्टि भएका ६ जनामध्ये ३ जनामा नयाँ स्ट्रेनको भाइरस पुष्टि भएको हो। संक्रमितको नमुना जिन सेक्न्सिङका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा हंङकङ प्रयोगशालमा पठाइएको थियो।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई हंकङकको प्रयोगशालाले पठाएको मेलमा तीन जनलाई नयाँ प्रजातिको भाइरस देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

नयाँ प्रकारको कोभिड देखिनेमा २८ वर्षीय महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष रहेका छन्। जसमध्ये २८ वर्षीय र ३२ वर्षीय पुरुषको पिसिआर परिरक्षण गर्दा नेगेटिभ आइसकेको मन्त्रालयलले जानकारी दिएको छ। अर्का पुरुषमा पोजेटिभ नै रहेपनि कुनै लक्षण भने देखिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell