काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज जारी समूह ‘ए’ को खेलमा गण्डकी प्रदेशले प्रदेश १ माथि जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकीले प्रदेश १ माथि २ विकेटको साँघुरो जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो थियो। प्रदेश १ लाई धराशायी बनाउन गण्डकीका सुवास भण्डारी र विशाल पौडेलले समान ४/४ विकेट लिए। पौडेलले २७.२ मा राजन मगर, २७.३ मा मनोज तामाङ र २७.४ ओभरमा हेमन्त राईको विकेट लिँदै ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै कसिलो ब्याटिङ गरेका भण्डारीले पनि ७ ओभर बलिङ गरेर मात्र १८ रन दिएर ४ विकेट लिए।
ब्याटिङतर्फ प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २४ रन बनाउँदा मिनस थापाले २२ रन जोडे। त्यस्तै शुभाङर उराउओले १२, दीपक पासवानले ११ र दीपेश कणेलले १० रन जोडे।
जवाफी ब्याटिङमा उत्रिएको गण्डकीले ३७ ओभर सकिँदा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। गण्डकीका लागि युवा खेलाडी अर्जुन कुमाल र दीपक डुम्रेले ३५ रन जोड्दा अभिशेक थापाले अभिजित १३ रन जोडे। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
बलिङतर्फ मिनस थापा र शुभङर उराओले समान २/२ विकेट लिँदा दीपेश कणेल र हेमन्त राईले समान १/१ विकेट लिए।
आजको खेलमा जित निकालेसँगै दुई खेल खेलेको गण्डकी प्रदेशको यो पहिलो खेल हो भने समान २ खेलनै खेलेको प्रदेश १ को यो दोस्रो हार हो।
