PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जर्मनीमा उपचारपछि मस्को फर्किएका रुसी विपक्षी नेता नाभाल्नी विमानस्थलबाटै पक्राउ



पहिलोपोस्ट

जर्मनीमा उपचारपछि मस्को फर्किएका रुसी विपक्षी नेता नाभाल्नी विमानस्थलबाटै पक्राउ

मस्को : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई रुसी प्रहरीले पक्राउ गरेको छ। जर्मनीबाट मस्को फर्किएका उनलाई विमानस्थलबाटै त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो। 

नाभाल्नी लामो समय देखि जर्मनीमा उपचाररत थिए। नाभाल्नी आउने थाहा पाएपछि मस्को विमानस्थलमा उनको स्वागतका लागि हजारौं समर्थक पुगेका थिए। नाभाल्नीले त्यहाँको विमानस्थलमा ओर्लिए लगत्तै आफू माथि लागेका आरोपहरु सत्ताका लागि तुरुप मात्र रहेको बताउँदै आफूले केही कुराबाट पनि नडराउने प्रतिक्रिया दिएका थिए। 

पछिल्लो समय रुसी अधिकारीहरुले नाभाल्नीविरुद्ध भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको र उनी छिट्टै जेल जान सक्ने चेतावनी दिइरहेका थिए। नाभाल्नीले ५० लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लगाइएको छ। रुसी अधिकारीले नाभाल्नीलाई डिसेम्बरमै हाजिर हुन निर्देशन दिएका थिए। 

रुस आफ्नो घर भएको भन्दै फर्किन कुनै डर नभएको बताएका थिए। बर्लिनबाट रुसी एयरलाइन पोवेडाबाट मस्कोको भ्नुकोभो विमानस्थलका लागि उनी अन्तिम समयमा त्यहाँबाट उनको विमानलाई सेरेमेटियभो विमानस्थलमा डाइभर्ट गरिएको थियो। 

यसैबिच उनको पक्राउलाई अमेरिका लगायतका विश्वका देशहरुले विरोध गरेका छन्। अमेरिकाको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेको छ।  

त्यस्तै, बेलायतको विदेश मन्त्रालयले पनि नाभाल्नीलाई तत्काल रिहा गर्न माग गरेको छ। बेलायती विदेश मन्त्री डोमिनिक राबले नाभाल्नीलाई तत्काल रिहा गर्नुपर्ने बताए। त्यस्तै एमनेस्टी इन्टरनेशनलले पनि उनको पक्राउको विरोध गरेको छ। एम्नेस्टीले नाभाल्नीको पक्राउले रुसी अधिकारीहरु उनलाई मौन गराउन चाहेको स्पष्ट भएको बताएको छ। 

त्यस्तै युरोपीयन काउन्सिलका अध्यक्ष चार्लि मेचेलले नाभाल्नीलाई तत्काल रिहा गर्न माग गरेका छन्। उनले उनको पक्राउ अस्वीकार्य भएको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell