PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

श्रीमतीको हत्या अभियोगमा श्रीमान समातिए



पहिलोपोस्ट

श्रीमतीको हत्या अभियोगमा श्रीमान समातिए

काठमाडौंः श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले मकवानपुर गढी गाउँपालिका वडा नम्वर २ स्थित भालङ्टारमा बस्ने ४६ वर्षीय देवराज गोलेलाई नियन्त्रणमा लिएको हो। आज बिहान ४ बजेतिर  आफ्नै घरमा श्रीमायँ गोले मृत अवस्था फेला परेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

अनुसन्धानको क्रममा श्रीमतीको हत्या देवराजले नै गरेको प्रारम्भिक अनुसन्धानमा देखिएकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell