PahiloPost

Jun 15, 2026 | १ असार २०८३

ओलीलाई पार्टीबाट किन नहटाउने भन्दै स्पष्टिकरणको पत्र बोकेर प्रचण्ड-नेपालका प्रतिनिधि बालुवाटारमा



पहिलोपोस्ट

ओलीलाई पार्टीबाट किन नहटाउने भन्दै स्पष्टिकरणको पत्र बोकेर प्रचण्ड-नेपालका प्रतिनिधि बालुवाटारमा
सुरेन्द्र पाण्डे। फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु ओलीलाई स्पष्टिकरण सोधिएको पत्र लिएर बालुवाटार पुगेका छन्।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने लगायतका नेताहरु बालुवाटार पुगेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए।

पार्टीले सोधेको स्पष्टिकरण ओलीलाई बुझाउनुपर्ने भएकाले उनीहरुलाई प्रचण्ड र माधव नेपालले बालुवाटार पठाएका हुन्। प्रचण्ड-नेपाल समूहको नेकपाको स्थायी कमिटीको बैठकले ओलीलाई साधरण सदस्यबाट समेत हटाउने गरी स्पष्टिकरण सोधेका थियो। ओलीलाई स्पष्टिकरण सोध्नुका साथै महासचिव विष्णु पौडेललाई पनि महासचिव पदबाट प्रचण्ड-नेपाल समूहले हटाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell