'मिडिया ट्रयालयले प्रशासनीक न्यायमा वाधा तथा हस्तक्षेप पुर्याउँछ' भन्दै बम्वई उच्च अदालतले मिडिया हाउसहरुलाई आत्महत्या सम्बन्धी रिपोर्टिङ गर्ने क्रममा संयमताको अभ्यास गर्न सुझाएको छ।
अदालतका प्रधान न्यायाधिश दिपांकर दत्त र न्यायाधिश जिएस कुलकर्नीले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युसँग जोडिएका रिपब्लिक टिभी र टाइम्स नाउका केही रिपोर्टहरू 'अपमानजनक' भएको बताएका हुन्। त्यस्ता सामाग्रीले अनुसन्धान प्रक्रियामा प्रभाव पार्ने बताएका हुन्। भनेका छन्,' त्यस्तो कार्य अदालतको अपहेलना हो।'
रिपब्लिक टिभी र टाइम्स नाउविरुद्ध अभियन्ता र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले निवेदन दिएका थिए। उनीहरूले सुशान्तको मृत्युको हकमा मिडिया ट्रायल बन्द गर्न दवाव दिएका हुन्। उनीहरूले ती च्यानलहरूमा सुशान्तको मृत्यु सम्बन्धी खबरमा प्रतिबन्ध लगाउन माग गरेका थिए।
ती च्यानलहरूले पत्रकारिताको आचार संहिता लागू नगरेको बताइएको छ। तर, दुवै च्यानलविरुद्ध कुनै कारवाही भने अघि नबढाएको फस्टपोस्टले जनाएको छ।
