PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वीरगंजमा शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै मनाइयो बलिदानी दिवस



राधेश्याम पटेल

वीरगंजमा शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै मनाइयो बलिदानी दिवस

वीरगंज : तराई मधेसको हकअधिकार प्राप्तिको लागि बलिदानी दिएका ज्ञात, अज्ञात शहीदहरुलाई सम्झिने दिवसको रुपमा बलिदानी दिवस मनाइन्छ। प्रदेश २ सरकारले विगत तीन वर्षदेखि यो दिवस माघ ५ गते मनाउँदै आएको छ।

यसैबीच, वीरगंजमा पनि बलिदानी दिवस मनाइएको छ। वीरगंजको घण्टाघरमा पण्डित रामजन्म तिवारीको शालिक र अन्य शहीदहरुको फोटोमा माल्यार्पण गर्दै सहभागीहरुले श्रद्धासुमन अर्पण गरेका छन्। जनता समाजवादी पार्टी पर्साद्वारा आयोजना भएको कार्यक्रममा विघटित सांसद प्रदिप यादव, हरिनारायण रौनियार, प्रदेश सांसद प्रहालाद गिरी, करिमा बेगम, वीरगंजका मेयर विजयकुमार सरावगी, तबरेज अहमद, मोनिका सिंह, ओमप्रकाश सर्राफ, विद्यार्थी नेता सरोज यादवलगायतको सहभागिता रहेको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले बताए।

शहीदहरुको योगदानको कारण तराई मधेसले हकअधिकार पाएकोले सबै जनता उनीहरुको ऋणी भएको वक्ताहरुले बताएका थिए। विभिन्न चरणको मधेस आन्दोलनमा ७० भन्दा बढी शहीद भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell