PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नेपाल र भारतको दोहोरो नागरिकता लिने व्यवसायी सिंहको नाममा पक्राउ पुर्जी जारी



राधेश्याम पटेल

नेपाल र भारतको दोहोरो नागरिकता लिने व्यवसायी सिंहको नाममा पक्राउ पुर्जी जारी

वीरगंज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धान तथा गृह मन्त्रालयको निर्देशनपछि दोहोरा नागरिकता लिने एक जनामाथि जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही प्रकृया शुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका ७ निवासी सोमेन्द्र सिंहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र पठाएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। दोहोरो नागरिकता लिएका सिंह चाँडै पक्राउ पर्ने प्रजिअ तामाङले बातए।

स्रोतका अनुसार भारतको बिहार बैशाली हाजीपुर निवासी किसोर सिंहका छोरा सोमेन्द्रले २०६३ साल चैत १२ गते नागरिकता टोलीबाट नागरिकता लिएका थिए। भारतीय नागरिक सिंह भारतको अहमदावादस्थित क्याडिला फर्मास्युटिकल लिमिटेडको नेपालका लागि आधिकारिक बिक्रेता पनि रहेको स्रोतको दावी छ।

२०५४ साल चैत २८ गते भारतीय दूतावास लैनचौरमा आफ्नो नाम दर्ता गरी नेपाल छिरेका सिंह रकमको प्रभावमा नेपाली नागरीक बन्न सफल भएको उजुरीमा उल्लेख छ। सिंहमाथि परेको उजुरीका अनुसार तत्कालिन टोली प्रमुख राजकुमार अधिकारीले सिंहलाई जन्मको आधारमा नागरिकता दिएको उल्लेख गरिएको छ।

सिंहले नेपाली नागरिकताको आधारमा यातायात विभागबाट सवारी चालक अनुमति पत्र तथा भारतमा जन्म भएकी श्रीमती मीना सिंहलाई वैवाहिक अंगीकृत नागरिकता दिलाएको देखिन्छ। २०६९ साल जेठ १६ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन प्रशासकीय अधिकृत सुकदेव लम्सालले सिंहको श्रीमती मीनालाई वैवाहिक अंगीकृत नागरिकता दिएको उजुरीमा उल्लेख गरिएको छ।

प्रदीप खण्डेलवालका छोरा राहुल खण्डेलवालसँग मिलेर सिंहले भारतबाट औषधि आयात गरी अवैध रूपमा नेपाली मुद्रा विदेश पठाउने गरेको सीआइबीले अनुसन्धानको क्रममा फेला पारेको उजुरीमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell