PahiloPost

May 16, 2026 | २ जेठ २०८३

आर्सनलको जितमा औबमेयाङको दोहोरो गोल



पहिलोपोस्ट

आर्सनलको जितमा औबमेयाङको दोहोरो गोल

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले न्युक्यासलमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले न्युक्यासलमाथि ३-० को जित निकालेको छ।

आर्सनलको जितमा पियरे एम्रिक औबमेयाङले दोहोरो गोल गरे भने बुकायो साकाले एक गोल गरे।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा आर्सनलले दोस्रो हाफमा अग्रता लिएको थियो। खेलको ५० औं मिनेटमा औबमेयाङले आर्सनललाई अग्रता दिलाए। त्यस्तै ६० औं मिनेटमा साकाले गोल गर्दा ७७ औं मिनेटमा औबमेयाङले नै गोल गर्दा घरेलु टोलीले ३-० को सहज जित निकाल्यो।

जितसँगै १९ खेलबाट २७ अंक जोडेको आर्सनल अंकतालिकाको १० औं स्थानमा पुगेको छ। त्यस्तै समान खेलखेलेको न्युक्यास युनाइटेड १९ अंकसहित तालिकाको १५ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell