.jpg) 
सुर्खेत : पहिलो चरणअन्तर्गत सुरुङमार्गको काम समय सीमाअगावै सकिएको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको बहाब फर्काउने बाँध अर्थात् कफर ड्याम र बबईस्थित विद्युत् गृहको काम सुस्त बनेको छ।
कोरोना महामारीले गति लिन नसकेको राष्ट्रिय गौरवको आयोजनाको दोस्रो चरणको काम सुस्त गतिमा छ। निर्माण कम्पनीले काम शुरु गरेको एक वर्षमा दोस्रो चरणको काम अहिलेसम्म करिब १२ प्रतिशतमात्रै भएको छ।
सुर्खेतको चिप्लेस्थित आयोजनास्थलमा क्याम्प, क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट र सुरुङ फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ। बाँध अर्थात कफर ड्याम (पानीको बहाव फर्काउने) र विद्युत् गृहको काम भइरहेको आयोजनाले जनाएको छ।
.png) ‘कोभेकले गरेको सुरुङ निर्माणको काम एक वर्षअघि नै सम्पन्न भयो।’ आयोजनाका ईन्जिनियर ईश्वरीप्रसाद तिवारीले भने,‘सुरुङ खनेर सक्नेबेलासम्म बाँध र पावर हाउसको टेण्डर किन भएन? भन्ने प्रश्न त उठेको छ, नयाँ प्रविधिबाट खनेको टनेल थ्रू हुन्छ की हुदैँन भन्ने भयो, अप्ठ्यारो काम सकेर टेण्डर गर्ने भन्ने भयो, जसले गर्दा अलिकति केही डिले भएको हो।’
‘कोभेकले गरेको सुरुङ निर्माणको काम एक वर्षअघि नै सम्पन्न भयो।’ आयोजनाका ईन्जिनियर ईश्वरीप्रसाद तिवारीले भने,‘सुरुङ खनेर सक्नेबेलासम्म बाँध र पावर हाउसको टेण्डर किन भएन? भन्ने प्रश्न त उठेको छ, नयाँ प्रविधिबाट खनेको टनेल थ्रू हुन्छ की हुदैँन भन्ने भयो, अप्ठ्यारो काम सकेर टेण्डर गर्ने भन्ने भयो, जसले गर्दा अलिकति केही डिले भएको हो।’
चिप्लेमा एक सय १४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ वटा ढोका राखेर बाँध निर्माण हुनेछ। गएको चैत यता कोरोना महामारीले काम हुन नसकेको आयोजनास्थलमा पानीको बहाव बढी हुने भएकाले वर्षायाममा काम हुँदैन भने हिउँदको चार महिना मात्रै बाँधको काम हुन्छ।
‘सबैभन्दा अप्ठ्यारो काम भनेको नदीमा गर्नुपर्ने कफर ड्याम हो। करिव अन्तिम चरणमा छ,’ सूचना अधिकारीसमेत रहेका तिवारीले भने,‘कफर ड्यामको काम सकियो भने, काम गर्ने एरिया ड्राइ पाउँछन् अनि काम फटाफट हुन्छ।’
.jpg) बाँध र विद्युत् गृह निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी ग्वाङडोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको हो। ०७६ कातिकमा शिलान्यास गरी दोस्रो चरणको काम अघि बढेको थियो।
बाँध र विद्युत् गृह निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी ग्वाङडोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको हो। ०७६ कातिकमा शिलान्यास गरी दोस्रो चरणको काम अघि बढेको थियो।
आयोजनाको सुरुङमार्गसहित हालसम्म १३ अर्ब १७ करोड खर्च भएको छ। यस चालु आर्थिक वर्षमा २५ करोड ५५ लाख रुपैयाँ खर्च भएको ईन्जिनियर तिवारीले जानकारी दिए। आयोजना निर्माण सम्पन्न गर्न ३३ अर्ब बढी लाग्ने अनुमान गरिएको छ भने, आर्थिक वर्ष २०७९/०८०मा सक्ने लक्ष्य लिईएको छ।
बाँध र विद्युत गृहको बाँकी काम समयमै सकिने आयोजनाको दाबी छ।
‘कोभिडको कारण आयोजनाको काम ल्याक भएकै हो,’ तिवारीले भने, ‘कार्यक्षेत्रमा अहिले स्रोत साधन, जनशक्ति परीचालन, आवश्यक व्यवस्थापन लगाएतका कार्य सन्तोषजनक र प्रगति भएको हुदाँ सम्झौता भएको मितिमै काम सकिन्छ, यसक्षेत्रका नागरिकले अवको तीन वर्षभित्र प्रतिफल पाउँछन्।’
टनेल बोरिङ मेसिन टिबिएमले १२ दशमलव दुई किलोमिटर सुरुङ खनेको आयोजनाको बाँध र विद्युत् गृह सम्झौता मितिले अबको तीन वर्षमा काम सक्नुपर्नेछ। दोस्रो चरणको काममा ९ अर्ब लागत अनुमान गरिएकोमा निर्माण कम्पनीले ६ अर्ब १६ करोड ५२ लाख अर्थात्लागत अनुमानभन्दा ३४ प्रतिशत कम लागतमा काम सक्ने गरी ठेक्का लिएको छ। सडक विभागले कालो सूचीमा राख्न निर्देशित गरेको र विवादित बनेको रमण जेभी कम्पनीले एक वर्षको अवधिमा १२ प्रतिशत मात्रै काम सकेकाले तोकिएको समयमै काम सकिनेमा आशंका उब्जिएको छ।
.jpg) ‘पहिलो चरणको सुरुङ खन्ने काम सम्झौता मितिको एक वर्षअगावै सकिँदा आम नागरिकको आशा पलायो।’ लेकबेशी नगरपालिकाका जनक तिवारीले भने,‘अहिले फिल्डमा कामले गति नलिदाँ र यसअघि नै विवादमा मुछिएको निर्माण कम्पनी हुदाँ समय सीमाभित्रै काम नसकिने होकी लाग्ने देखिन्छ।’ भेरी नदीको पानी स्थानीय चिप्लेबाट सुरुङमार्ग हुँदै बबईमा खसालिनेछ। आयोजनाबाट लुम्बिनी प्रदेशको बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ।
‘पहिलो चरणको सुरुङ खन्ने काम सम्झौता मितिको एक वर्षअगावै सकिँदा आम नागरिकको आशा पलायो।’ लेकबेशी नगरपालिकाका जनक तिवारीले भने,‘अहिले फिल्डमा कामले गति नलिदाँ र यसअघि नै विवादमा मुछिएको निर्माण कम्पनी हुदाँ समय सीमाभित्रै काम नसकिने होकी लाग्ने देखिन्छ।’ भेरी नदीको पानी स्थानीय चिप्लेबाट सुरुङमार्ग हुँदै बबईमा खसालिनेछ। आयोजनाबाट लुम्बिनी प्रदेशको बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ।
 

 
 
