PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोरोना कहरबिच आयोजना हुँदै 'मिस नेवा: नेपाल ११४१'



पहिलोपोस्ट

कोरोना कहरबिच आयोजना हुँदै 'मिस नेवा: नेपाल ११४१'

काठमाडौं : नेवार समुदायका युवतीहरूको सौन्दर्य प्रतियोगिता 'मिस नेवा: नेपाल ११४१' यस वर्ष पनि हुने भएको छ।  नेप्लिज फेशन होमको आयोजनामा १५ औं संस्करण हुने भएको हो।

समारोह आउँदो फागुन ७ गते काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। अन्तिम् प्रतिस्पर्धाका लागि छानिएका १५ जना युवतीहरूले पूर्व मिस नेवा नेपालहरू नितु डंगोल, प्रजिता श्रेष्ठ, युनिसा शाहीलगायतसँग विभिन्न तालिम एवं परीक्षण लिइरहेका छन्।

आयोजक नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार कला, भाषा र संस्कृति उत्थान र संरक्षणका लागि यस सौन्दर्य प्रतियोगिता आयोजना गरेको बताइन्। उनले डेढ वर्षदेखि नेवार समुदायका युवतीहरूमार्फत् सांस्कृतिलाई जीवन्त राख्न योगदान पुर्‍याएको दावी गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell