PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

संगीतकारको मृत्युबारे त्यो शीर्षक जसका लागि बीबीसीले माग्यो माफी



पहिलोपोस्ट

संगीतकारको मृत्युबारे त्यो शीर्षक जसका लागि बीबीसीले माग्यो माफी
Getty Images

सोमवार अमेरिकी पप संगीत स्टार फिल स्पेक्टरको निधन भयो। उनको मृत्युबारे खबर प्रकाशित गरेको थियो बीबीसीले। खबरमा राखिएको पहिलो शीर्षकका लागि बीबीसीले माफी मागेको छ।

अमेरिकी पप संगीतको क्षेत्रमा रेकर्डिङ शैली 'वाल अफ साउन्ड'मार्फत् नयाँ आयाम ल्याएकोमा चर्चित थिए फिल। उनको ८१ वर्षको उमेरमा अस्पताल जाँदाजाँदै निधन भएको हो। त्यसअघि सन् २००९ देखि उनी कारागारमा थिए। अभिनेत्री लाना क्लार्कसनको हत्या अभियोगमा।

उक्त खबरमा बीबीसीको शीर्षक थियो – 'प्रतिभाशाली तर त्रुटिपूर्ण पप निर्माताको ८१ वर्षको उमेरमा निधन।' त्यस शीर्षक सम्पादकीय मापदण्ड अनुरुप नभएका कारण परिवतर्न गरिएको विज्ञप्तीमा जनाइएको छ। असावधानिपूर्वक राखिएको शीर्षकका लागि बीबीसीले माफी मागेको हो।

'हामीले केही मिनेटमै शीर्षक प्ररिवर्तन गर्‍यौं। सम्बन्धित ट्वीट पनि केहीबेरमै हटाएका थियौं', लेखिएको छ,'यस गल्तीका लागि माफी चाहन्छौं।' 

सच्याइएको शीर्षक थियो : हत्याका कारण कारागारमा रहेका पप संगीत निर्माताको ८१ वर्षको उमेरमा निधन।

फिल स्पेक्टर सन् २००३ मा मारिएकी हलिउड अभिनेत्री लाना क्लार्कसनको हत्याका दोषी थिए।  लाना अल्हाम्ब्रास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन्। उनको टाउकोमा गोली लागेको थियो। फिल्म बार्बरियन क्वीनबाट चर्चामा आएकी उनलाई त्यसदिन स्पेक्टरले भेटेका थिए।

घटनाबारे स्पेक्टरले प्रतिवाद गर्दै आएका थिए। तर, चार महिलाले दिएको बयानपछि उनले लानालाई मार्ने धम्की दिएको पुष्टि भएको थियो। त्यसपछि उनलाई सेकेन्ड डिग्री मर्डरको अभियोगमा १९ वर्ष लामो सजाय दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell