PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

माधव नेपालको ओलीलाई चेतावनी : कि कामचलाउ भन्नुस् नभए कुर्सी छोडनुस्, वामदेवमाथि पनि व्यङ्ग्य



पहिलोपोस्ट

माधव नेपालको ओलीलाई चेतावनी : कि कामचलाउ भन्नुस् नभए कुर्सी छोडनुस्, वामदेवमाथि पनि व्यङ्ग्य

काठमाडौं : नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफ्नै हैसियत गुमाएको बताएका छन्। ओली पदलोलुप भएको आरोप लगाउँदै नेता नेपालले भने, 'आफू मरुन्जेल नछाड्ने, अरुलाई चाहिँ पदका लागि भन्ने आरोप लगाउने?' प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै नेता नेपालले भने।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेपाल ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका हुन्। उनले ओलीलाई ऐजेरुका रुपमा व्याख्या गरे। 'ओलीको २८ सालबाट फेहरिस्त ल्याउनुस् गज्जब। हामीलाई थाहा गराइदिए गज्जब हुन्छ,' नेता नेपालले भने। 

प्रतिनिधिसभा विघटनपछि ओलीको हैसियत सकिएको जनाउँदै उनले भने, 'विघटनपछि ओलीको हैसियत के, राष्ट्रपतिबाट सूचना जारी हुँदैन भने। आफूलाई कामचलाउ भन्नुस् कि विदा हुनुस्।'

नेता नेपालले प्रधानमन्त्रीको साइबर सेनाको विषयमा पनि कुरा उठाए।

'साइबर सेना सक्रिय छन् रे। अरिङ्गाल पनि छन् रे। उनीहरुलाई विदा गर्नुस्,' नेपालले भने, 'सत्य हाम्रो पक्षमा छ।'

उनले प्रचण्ड र आफूलाई ओलीले भर्‍याङ बनाएको पनि आरोप लगाए। 'भदौ २४ गतेको सहमतिमा विश्वास नै थिएन। सबैले ओलीको खुब गुनगान गाए। प्रचण्ड उदार मनको मान्छे भएर केपी ओलीले हुर्मत लिए,' नेता नेपालले भने।

उनले आफूलाई ओरिजनल एमाले पनि दावी गरे। 'ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन,' उनले भने। 

वामदेव गौतममाथि पनि नेता नेपालले व्यङ्ग्य गरे। 'वामदेव बिचमा हमला गर्नुहुन्छ। यता लाग्नेलाई पनि उता लाग्नुस् भन्नुहुन्छ। आफू पनि उता लाग्ने संकेत देखिएको छैन,' उनले भने, 'थाहा छैन सत्य के हो?' 

उनले प्रचण्डसँग आफ्नो सम्बन्ध ४० वर्षको भएको पनि बताए। साथै केपी ओली गुट निरिह भएको दावी गरे। साथै प्रतिगमनाका प्रतीकका रुपमा ओलीलाई व्याख्या गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell