PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रधानमन्त्री फेर्ने आन्दोलनमा सहभागी नहुने भन्दै लेखक नारायण वाग्लेले भने : पहिले बडापत्र सार्वजनिक गर्नुस



पहिलोपोस्ट

प्रधानमन्त्री फेर्ने आन्दोलनमा सहभागी नहुने भन्दै लेखक नारायण वाग्लेले भने : पहिले बडापत्र सार्वजनिक गर्नुस

काठमाडौं : लेखक नारायण वाग्लेले प्रधानमन्त्री फेर्ने आन्दोलनमा नागरिकहरु नआउने बताउँदै त्यसबारे पहिले बडापत्र सार्वजनिक गर्नुपर्ने बताएका छन्। प्रेस संगठनको कार्यक्रममा बोल्दै वाग्लेले प्रचण्डको अभिव्यक्तिमा आएको 'मांसहारी' आन्दोलनको कडा विरोध पनि जनाए। 

'हिजोको आन्दोलनका घाइतेको घाउ ताजै छ। फेरि किन मांसहारी आन्दोलन?,' आन्दोलनरत पुष्पकमल दाहाल-माधवुकार नेपाल निकट संगठनको कार्यक्रममा उनले भने, 'नीति लिएर आउनुस्। नीतिको समीक्षा गरौं।'

उनले प्रचण्ड र नेपालको पनि आलोचना गर्न भ्याए। 'संविधान विपरीतका अभ्यास हुँदा टुलुटुलु हेरेर बस्नुभयो र प्रतिगमन भयो,' वाग्लेले भने।

उनले संविधान सभाको अध्यक्षमा दुई कार्यकाल पूरा गरेका सुवास नेम्वाङलाई पनि प्रश्न गरे। उनले प्रधानमन्त्रीले संसदमा डोजर चलाएको र कमल पोखरीमा काठमाडौं महानगरपालिकाका मेयरले डोजर चलाएको विषयलाई जोड्दै प्रतिगमनविरुद्धको आन्दोलनमा भने एक्यवद्धता जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell