PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

जेटको भन्थे, एउटा पाइलट त बयलगाडाको पो परेछन् : विष्णु रिजाल



पहिलोपोस्ट

जेटको भन्थे, एउटा पाइलट त बयलगाडाको पो परेछन् : विष्णु रिजाल

काठमाडौं : नेकपाका युवा नेता विष्णु रिजालले केपी शर्मा ओली जहाजको नभइ बयलगाडाको पाइलट रहेको भन्दै व्यङ्ग्य गरेका छन्। 
प्रेस संगठनको कार्यक्रममा बोल्दै नेता रिजालले परिस्थितिले उच्चस्तरको संघर्षको माग गरेको  पनि बताए। 

'ओलीले टेम्पुको होइन, जेटको पाइलट हो भनेका थिए एकताका बेलामा,' उनले भने, 'तर एउटा पाइलट त बयलगाडाको पो परेछन्।'
लोकतान्त्रिक आन्दोलनमा ओलीको भूमिका नभएको टिप्पणी थियो उनको। 

'२०६२/६३ को आन्दोलनमा केपी ओलीले आन्दोलनको नेतृत्व गरेको एउटामात्र फोटो मात्र देखाउनुस्। म आजै ओलीको पछाडि लाग्न तयार छु,' रिजालले भने। 

ओलीले केही दिन अघि पूर्व मन्त्री योगेश भट्टराईमाथि गरेको टिप्पणीप्रति पनि उनले आलोचना गरे। '५૪ वर्षको नेतालाई त ओलीले केटो भन्छन्। म केटाको तर्फबाट भन्न चाहन्छु,' भन्दै उनले प्रतिगामी कदमको विरुद्धमा संघर्ष अनिवार्य भएको जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell