PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

फिल्म क्षेत्रलाई आर्थिक सहयोग गर्न बेलायती फिल्म निर्माताहरूको आग्रह



पहिलोपोस्ट

फिल्म क्षेत्रलाई आर्थिक सहयोग गर्न बेलायती फिल्म निर्माताहरूको आग्रह
Getty Images

बेलायतका ठूला सिनेमा चेनहरूलाई आर्थिक सहयोग गर्न फिल्मकर्मीहरूले सरकारसँग आग्रह गरेका छन्। ड्यानी बोयल, स्टीभ म्याक्वीन, साम मेन्डेज, क्रिष्टोफर नोलानलगायत अन्य फिल्मकर्मीले सहयोग आह्वान गरेका हुन्।

उनीहरूले चान्सलर ऋषि सुनकलाई लेखेको पत्र सन्डे टाइम्समा प्रकाशित छ। लेखेका छन्, 'यी कम्पनीहरूले ८० प्रतिशतभन्दा बढी बजार ओगटेको छ। सिनेमाघरका चेनहरू बिना बेलायतको फिल्म क्षेत्रको भविष्य अनिश्चित छ।'

पत्रमा सरकारले यसअघि उपलब्ध गराउँदै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गरिएको छ। तर, ठूला सिनेमा घर सञ्चालकलाई जति दिइएको छ त्यति पर्याप्त नहुने बताइएको छ। त्यसैले तत्काल 'सिनेमाको जादु' फर्काउनका लागि र फिल्म क्षेत्रको भविषय सुरक्षित गर्न सहयोगको माग गरेका हुन्।

सिनेवर्ल्ड, ओडिअन र भ्यू बेलायतका प्रमुख तीन सिनेमा चेन हुन् जसले फिल्म प्रदर्शनको ७० प्रतिशत बजार लिएका छन्। गत महिना ओडिअन संचालकले आफूहरू अभावबाट गुज्रिरहेको बताएका थिए। त्यस्तै सिनेवर्ल्डले पनि कोभिड-१९ को महामारीपछि घाटा व्यहोर्नु पर्‍यो। बीबीसीका अनुसार सिनेवर्ल्डका केही सिनेमाघर सधैंका लागि बन्द हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell