PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कक्षा ११ को परिक्षा दिन छात्रालाई होटेल पुर्‍याएपछि तीन जना शिक्षक समातिए



पहिलोपोस्ट

कक्षा ११ को परिक्षा दिन छात्रालाई होटेल पुर्‍याएपछि तीन जना शिक्षक समातिए

काठमाडौंः एक छात्रालाई होटेलमा पुर्याएर परीक्षा गराउने तीन जना शिक्षक पक्राउ परेका छन्। 

जिल्ला  प्रहरी कार्यालय कास्कीको टोलीले पोखरा महानगरपालिका वडा नम्बर १८ घर भएका ४८ वर्षीय सुर्य तिवारी,रुपा गाउँपालिका घर भएका ४१ वर्षीय धनश्याम रेग्मी र ४० वर्षीय  शिरिष कुमार बस्ताकोटीलाई पक्राउ गरिएको हो।

राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका शिक्षकहरुले सोही बिद्यालयकी एक छात्रालाई कक्षा ११ को ऐच्छिक अग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको जानकारी पाएपछि नियन्त्रणमा लिएको थियो।

जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप  गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell