PahiloPost

Jun 15, 2026 | १ असार २०८३

‘पल्पसा क्याफे’माथि नाटक बन्दै, पल्पसाको भूमिकामा स्वस्तिमा खड्का



पहिलोपोस्ट

‘पल्पसा क्याफे’माथि नाटक बन्दै, पल्पसाको भूमिकामा स्वस्तिमा खड्का

काठमाडौं : लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक बन्ने भएको छ। मंगलवार किताबको नाट्य रुपान्तरण र मञ्चनबारे जानकारी दिइएको हो।

पुस्तकको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन्। थिएटर भिलेज र मण्डला थिएटरको संयुक्त निर्माण रहने नाटकलाई विमल सुवेदीले निर्देशन गर्दैछन्। दिलीप रानाभाट सहायक निर्देशक  रहने नाटकमा पल्पसा पात्रको रुपमा प्रस्तुत हुँदैछिन् अभिनेत्री स्वस्तिमा खड्का। उनी पहिलो पटक रङ्गमञ्चमा प्रस्तुत हुँदैछिन्।

अन्य कलाकार साजनकुमार सुनुवार, जेनी सुनुवार, समापिका गौतम, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, दीपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, कपिल राई र रोशन निरौलाको पनि अभिनय रहनेछ।

पन्ध्र वर्षअघिको पुस्तकले देशको तत्कालिन द्वन्द्वको विषय समेट्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell